Sunday, February 22, 2009

बिश्व को आर्थिक मन्दि नेपालको लागी बरदान बन्न सक्छ

बिश्व ब्यापी रुपमा फैलिएको आर्थिक प्रलय ले नेपाल लाइ पानी असर पार्ने त निश्चित नै छ . तर हामीले अली बिचार गरेर सोचने हो भने र सोही अनुसार काम गर्ने हो भने यो मन्दि नेपाल का लागी बरदान नै बन्न सक्छ जस्तो मलाई लाग्छ.

आर्थिक मन्दि ले नेपाल ले के प्राप्त गर्छ ?
(१) सस्तो समान
बिस्व बाजार मा तेलको मूल्य घटे पछि बिभिन्न सामान को मूल्य घटने क्रम जारी छ. मूल त स्टील , यातायात आदिको मूल्य ब्यापक घटेको छ. यही मौकामा नेपालले निजी लगानी लाइ प्रेरित गरेर अनी सरकारी लगानी मा नया संरचना बनाउने र माओबादी ले ध्वस्त पारेका संरचना हरुको पुनर्निर्माण गर्ने काम गर्न सक्छ.

(२) कम खर्च गर्न चाहने "भुक्का" टूरिस्ट
पश्चिमी देस लाइ आर्थिक मन्दि ले गाँजी सकेको छ. खरबौँ डलर को पर्यटन ब्यवसाय धरासायी बन्दै छ. तर, नेपाल ले राम्रो बिग्यापन गर्न सके मौका मा चौका हन्ना सक्छ. ऊसै पनि नेपाल सस्तो गंतब्य हो. प्रकिर्तिक सुन्दरता त छँदै छ, नेपाली को घैटो मा घाम लगेर केही बेर शांत बसिदिने हो भने धेरै पर्यटक तन्ना सक्छ.

(३) दक्ष कामदार
रहर वा बाध्यता ले गर्दा बिदेस मा काम गर्न गयेका नेपाली हरुको पनि रोजगार खोसिदै छ अनी नतीजा मा नेपाल ले बिदेस मा तालीम प्राप्त कामदार हरु पाउने छ. एउटा योजना हुने हो भने त्यस्ता कामदार हरु ले नेपाल फर्केर "टायर बाल्नु" को सातो बिदेश मा जस्तै खटियेर काम गर्न सकछन. जून समग्र नेपाल को लागी उत्पादक हुना सक्छ.

(४) "अन्तिम Remittance "
हो बिदेश बाट फर्किने हरुले पैसा बोकेर आउन्छन. त्यों पैसा ले की घर जग्गा किन्छन, की ब्यापार गर्छन, की बैंक मा राखेर बस्छन. यदि त्यसरी औने पैसा लाइ उद्योग, यातायात , बिद्धुत, संचार, सिक्ष्या, स्वास्थ्य आदि मा परिचालन गर्ने बातावरण सिर्जना गर्ने हो भने देस ले पनि फर्किने ले पानी फाईदा लिन सक्छन.

के गर्ने त ?
(१) "आन्दोलन बंद"
हो कम्ति मा आउने केहि बर्स को लागी सबै खाले आन्दोलन बंद (end) गर्ने. प्रयेक राजनितिक पार्टी का नेता हरुलाई सम्झाउने अनी तिनका कार्यकर्ता लाइ सम्झाउना लगाउने.

(२) कानून को पालना कानून लाइ सबै भन्दा ठुलो मान्ने. अदालत ली पारदर्शी अनी सक्तिशाली बनाउने .

(३) सर्सफाई सर्सफाई अनी स्वस्थ्य मा ध्यान दिने .

(४) जनसँख्या नियंत्रण - माने "फॅमिली प्लानिंग" :)

(५) बिग्यांपना
बिदेश मा नेपाल राम्रो छ भनेर बिग्यापन गर्ने. सके सम्मा नाराम्रा ख़बर हरु लाइ कम महत्वा दिने. राम्रा खबरहरु लाइ फैलाउने. बिदेसी पत्रकार, ब्यापारी आदि ली बोलौने. सभा सम्मलेन आदि गर्ने. अनि बिदेस जाने प्रयेक नेपालीलाई ५ मिनेट देसको इज्जत जोगाएर बिदेस मा काम/पढ़ाई गर्न orientation दिने ;)

यहाँ सम्म पढ़ी दिनु भएको मा धन्यबाद :), तर साथी यो नेपाल हो. जे लेखे पनि , जे बोले पनि यहाँ पाखुरी का बल को अगाडी अरुको कही लाग्दैन. बन्दूक को नाल का अगाडी बसेर परिवार नियोजन को ढाल को कुरा गरेर कही हुन्न. जब सम्म हामीले 'बिकास' लाइ छाती मा राखेर नेता छन्दैनौ (नेता पनि हामी जस्तै एउटा अल्ली टाठो-बाठो मान्छे हो ) , तबसम्म यो देस लुटेरा हरुको पन्जाबाट बहिरा निस्किन्न .

3 comments:

archana said...

i agree.

Dilip Acharya said...

सहि कुरा लेख्‍नु भएको रहेछ र यो बिषयमा आउनसक्ने यौटै प्रश्‍न पनि " ...तर साथी...पन्जाबाट बहिरा निस्किन्न" भनेर तपाई आफैले औंल्याईसक्नु भएको रहेछ ।

अब देशमा यस्तो कामको लागि हाम्रा महान नेताहरुसंग समय नै छैन के गर्ने?

Ganesha said...

Perhaps you will find more like-minded ppl and a good audience here at aawartan.org. Give it a shot when you are free.

(no need to publish this comment. )