ेमैले यस ब्लगमा लेख्न थालेको पनि दुई वर्ष पुगिसकेछ । समय दौडिरहेको जस्तो लाग्छ मलाइ त । मेरो ब्लगमा यहाँहरुले मेरो ब्यक्तिगत जीवनका अलावा नेपालको समसामयिक विषयमा मेरो लेखाइहरु पढ्दै आउनुभएको छ । यहाँहरुको तीतो अथवा मिठो आलोचनाले मलाई सँधै लेख्न प्रेरित गरेको छ । यहाँको सुझाव र सहयोगको म सँधै आभारि रहने छु ।
ब्लगमा लेख्न थालेको दुई वर्ष पुगेको अवशर पारेर मैले नयाँ स्तम्भ शुरु गरेको छु मैले चाहे जस्तो हुने भए... यस स्तम्भमा मैले नयाँ नेपालको परिकल्पना गर्नेछु । मेरो उदेश्य ब्यवहारिक हिसाबले नेपालको विकासका अवधारणा हरु प्रस्तुत गर्नु हो । यदि मैले प्रस्तुत गरेका योजनाहरु यथार्थमा ढाल्न सकिन्न जस्तो लाग्छ भने कमेन्टमा लेख्नु होला ।
यहाँहरुलाई यो स्तम्भ मन परे आउनुहोस तपाँइ पनि आफ्नो धारणा प्रतुत गर्नुहोस यहि ब्लगमा अथवा तपाँइको आफ्नो ब्लगमा।
भाग १
कर्णाली विश्व विद्यालयको स्थापना
मेरो मास्टस्रको थेसिसको लागि अमेरिकी जल सेनाका एक उच्च ओहोदाका डाक्टरसंग काम गर्ने अवशर पाएको छु । म नेपालबाट आएको भन्ने थाहा पाएपछि उनले नेपालको बारेमा बेलाबखत सोधखोद गरिरहन्छन । सगरमाथाका बारेमा सोध्छन यतिका बारेमा सोध्छन राजा विरेन्द्रको हत्याकाण्ड आदि आदि । उनी जस्तै धेरै अमेरीकीलाइ नेपालको बारेमा धेरै चासो रहेको पाएको छु मैले । प्रायले सुरक्षा राम्रो भैदेको भए नेपाल जान मन भएको बताउँछन मलाइ मनमनै खुसि लाग्छ अनि अहिलेको देशको अवस्था देखेर दुख पनि लाग्छ ।
आज युनिभसर्िटिको एउटा काम गर्दै थिएँ मनमा एउटा योजना आयो कर्णाली विश्वविद्यालयको । नेपालको कर्णालीमा पनि एउटा रिस्रच युनिभसर्िटी खोल्न सके कस्तो रमाईलो हुन्थ्यो होला। मुगु जिल्लाको कुनै उपत्यकामा एउटा विशाल विश्वविद्यालयको कल्पना गनुहोस त । अरु विश्वविद्यालय भन्दा यो कसरी फरक हुनेछभने यसले मुलतः पहाडि र हिमाली क्षेत्रमा आधारित अनुसंधान गर्नेछ । संसारकै अति सुन्दर ठाउँमा रहने हुनाले देश विदेशका विद्यर्थीहरुको लागि यो एउटा आकस्रक केन्द्र बन्न सक्छ । पुर्णत अंग्रजी माध्ययममा संचालन हुने यस विश्वविद्यालय संसारका अति उत्तम विश्वविद्यालयहरु संगको संजालमा बस्ने छ । कर्णाली अन्चलका विद्याथीहरुलाई छुट्याइने १० प्रतिसत आरक्षण बाहेकका बाँकि सबै विश्वभरिका विद्यार्थी अनुसन्धानकर्ताहरु आदिबाट छानिएकाहरु हुने छन् ।
यो विश्वविद्यालय निर्माण गर्न ठूलो रकमको आवश्यक्ता पर्छ तर विभिन्न देशका धनाढ्य ब्यापारीहरु उद्योगहरु बाट चन्दा उठाएर निर्माण गरिनेछ जसले जे निर्माण गरिदिन्छ उसैको इच्छाअनुसार सो संरचनाको नामाकरण गरिनेछ । हुन सक्छ हुलासचन्द्र इन्जिनियरिङ्ग भवन सन सुचना केन्द्र टाटा अटोमोटिभ रिसर्च ल्याव शेर्पा माउन्टनियरिङ्ग स्कुल अफ रिस्रच आदि आदि । मलाइ पुरा विश्वास छ नेपाल भित्र र बहिरका नेपालीहरुको लगानी अरु भन्दा बढि हुनेछ ।
समग्रमा मुगुमा एउटा युनिभसर्िटि टाउनको स्थापना हुनेछ । विश्वविद्यालय संगसंगै गमगढी को विमानस्थललाइ अन्तराटि्रय स्तरको कम्तिमा काठमाण्डौं र नयाँ दिल्ली जोड्न सक्ने बनाउने काम नेपाल सरकारले गर्ने छ । साथै गमगढि देखी विश्वविद्यालय सम्मको हाइवे बनाउने काम पनि नेपाल सरकारले नै गर्ने छ । यसो गर्दा समग्रमा उक्त क्षेत्रकै विकास हुनेछ । हजारौं विद्यार्थी हरु सयौं प्राध्यापक एवं कर्मचारीहरु एवं तिनका आफन्तको चहलपहलले गर्दा स्थानीय पर्यटन ब्यवशायको ठूलो विकास हुनेछ ।
निर्माण सम्पन्न भएपछि विश्वविद्यालय सुचारु राख्नका लागि विद्यार्थी बाट उठाइने शुल्कका आलावा विभिन्न उद्योग धन्दाहरुले आफ्नो अनुसंधान गरे बापत दिने रोयाल्टी अनि विभिन्न क्षेत्रबाट आउने चन्दा ले खर्च चल्ने छ भने । धनि तथ विकसित देशका एवं नेपाली अनुभवि रिटायर्ड प्राध्यापकहरुले निशुल्क सेवा गर्नेछन् । यसको बापत नेपाल सरकारले उनीहरुलाइ सम्मान पत्र दिने छ ।
मलाइ लाग्छ यदि राम्रोसंग प्रस्ताव बनाएर लैजाने हो भने कुनै एक ठूलो विश्विद्यालय वा ब्यापारिक संस्थालाइ मनाउन गाह्रो पर्ने छैन । यदि यो विश्वविद्यालयको स्थापना हुन सक्नेहो भने कर्णाली क्षेत्रमा विकासले ठुलो फड्को मार्ने छ । यदि बाटो र भौतिक संरचना निर्माण गर्न ५ वर्ष लागे पनि सन २०१२ अगाडि नै कर्णाली लगायत सारा नेपालले आफ्नो मुहार फेर्ने छ ।
यदि यहाँको यस कुरामा सहमति विमतिसुझाव अथवा अझ राम्रो योजना छ भने कमेन्टमा या इमेलमा लेख्नु होला ।
3 comments:
I like your sprit.But, if you open university in KARNALI, it would be great. But, Do u manage the financial burden ! If yes, then I am seeing no obstacle in the way.
Thanks.
Reality Bites, NEPAL
अजय जी,
तपाईको योजना एकदमै स्रहानीय छ यदि यो सम्बन्धित ठाउँका मानिसले सुनिदिने र व्यवहारमा उतारिदिने हो भने तर के गर्नु देशको विकास गर्छु भनेर माथि उच्च ओहदामा पुग्नेहरुलाई कुसर्ी कै लागि झगडा गर्दै ठिक छ । त्यही भएर अबका नेता र महानेता भनाउँदाहरुबाट यसको आशा नगरे पनि हुन्छ तर अब हामी युवाहरुले नै सहकार्य गरेर यस्ता खालका योजनालाई सफल बनाउने पो हो कि । मेरो बिचारमा हामी जस्ता कैँयन बिदेशीयका साथीभाईहरुको हौसला र हात भयो भने अवश्य पनि यो कार्य सफल हुन्छ । म पनि यस खालको योजनामा एकदमै तदारुकताका साथ लाग्ने बाचा गर्दछु बरु हामी सबै मिलेर विश्वभर छरिएर रहेका योग्य शिक्षित जनशक्तिहरुमा यस्तो खालको सल्लाह र सुझावको प्रस्ताव राखेर काम अगाडी बढाउन पाए देशको चौतर्फी विकासको लागि नयाँ आयाम साथै देशले पनि छिट्टै फड्को मार्ने छ जस्तो लाग्छ मलाई । फेरी पनि यति राम्रो उच्च बिचारको र लागि धन्यवाद ।
सुरज गिरी
हालः Utrecht, नेदरल्याण्ड
Please, have a look.
We are talking about organizing a grand e-meet of Nepali bloggers.
Please, tell us about your views.
You’re a part of the community. And, let’s know each other.
Blowing air to Nepali blogosphere
Regards,
Salik
Post a Comment