मओबादी ले जती सुकै पृथ्वी नारायण शाह को सालीक ढाले पनि, नेपाल अधिराज्यको एकीकरणका लागी उनको नेत्रित्व को कुनै बिकल्प नभएको महसूस भने गरेकै होलान . पृथ्वी नारायण पछि भक्ती थापा, बलभद्र आदिले नेपालको सिमाना चौड़ा पार्ने काम गरे पनि, त्यास पछि भने सिमाना साघुरिएको साघुरिएई भयो.
सिमाना घटे पनि भक्ती थापा , बलभद्र अदिसंग गएका कैयौ सेना उतै बसे. कैयौ झिलिमिली दार्जिलिंग मा रमाए, कोही अझ पर आसाम, मेघालय पुगे, कोही भने दिल्ली हुदै अझ टाढा पुगे होलान, कहीँ लेखा जोखा छैंन. धेरै नेपालीका लागी त्यों अथाह भारत नै बिस्व थियो होला .
पंचायत कालमा नेपाली बहिरी संसार मा तेती धेरी पुग्न सकेनन . तर प्रजातंत्र - १ को आगमन पछि बिदेश जानेको धुइरो नै लाग्यो. अब त नेपाली नपुगेको देश कमै छ होला. कोही ब्रिटिश सेना बनेरा पुगेका छान, कोही संयुक्त रास्त्र संघ को सेना बनेरा पुगेका छान, कोही पढ़न भनेर गयेका छान
कोहि दुई छाक टार्नमात्रै भएर गएका छन।त्यसरी गएका मध्ये पाएसम्म धेरै त विदेशमा नै बस्छन अनि विचारा कति त गएको क्रण तिर्दा तिर्दा परदेशमानै जोवन वितेको पत्तै पाउँदैनन्।
खैर एकछिन यो भावनाको कुरालाइ छाडिदिउँ ।
अबको नेपाल कत्रो छ होला अनुमान गर्नुस त सक्नुभएन …॥ म एउटा हिन्ट दिन्छु गुगलमा खोज्नु थाहा हुन्छ ।
मेरो माने इन्टरनेटको विकास संगै विश्वभर छरिएर रहेका नेपालीले फेरी एक हुने मौका पाएका छन् । एउटा सामान्य उदाहरण प्रस्तुत गर्दछु साझा डटकममा रहेको प्रशान्त तामाँगको बारेमा लेखिएको एउटा पाना गएको तीन महिनामा सवा लाख भन्दा बढि पटक हेरिसकिएको छ ।
नेपालभित्रको कुरो भने अर्कै छ कहिले यो फोरमले बाटो बन्द गर्छ कहिले उ मोर्चा पसल बन्द गर्छ कहिले या ेवादिले आतंकको त्रास फैलाउँछ कहिले उ पार्टि जुलुस निकाल्छ । धन्न अहिलेसम्म नेपाल चलेकै छ । मलाइ अहिले एउटा भनाइ याद आउँछ ०नेपाली भनेका गूलेलीका मटयाँग्रा जस्ता हुन जति पछाडि तान्नु हुन्छ उती अगाडि हुत्तिन्छन० हुन पनि हो जस्तै लाग्छ त्यहि नेपाली रगत बोकेका विद्दार्थीहरु नेपाल छाड्छन रगत पसिना केहि नभनी सबै बगाएर अरुका सामु मीठो मुस्कान छर्दै अगाडि बढेकै छन चाहे त्यो अमेरीकामा होस या युरोपमा चाहे अस्ट्रेलिया होस या जापानमा ।
नेताहरु नेपाल साँघुरियो भन्छन तर मेरो भित्रि मनले भन्छ नेपाल बढदै छ । धन्न माओवादिहरु जसले गर्दा लाखौं नेपाली विदेसिए धन्न हाम्रा नेताहरु विकास योजना हरु थाँति राखेर शाशनका भागबन्डामा खेल्न फगे धन्न ति कमचारीहरु घुसतन्त्र बढाउन अगाडि बढे धन्न ब्यापारी धन्न राजा धन्न पशुपतिनाथ …॥ । यदि उनिहरुको योगदान नहुँदो हो त यति चाँडै नेपाल यति ठुलो हुने थिएन होला प्रशान्त ले त्यति धेरै नेपाली समर्थन पाउन्न थिएनन होला । प्रशान्त तिमी महान छौ । नेपाल बढेको बढयै थियो तर नेपालभित्रका नेताहरुले कहिले जातको कुरा अघि सारेर मान्छे भिडाए कहिले गरिबीलाई विचमा फालेर भाले भिडाए कहिले पहाड र तराइविच झगडा चलाए । तर कसैले बुझने नेपालीहरु एकता चाहान्छन । तिमी आयौनेपाली नाम लिएरविश्व भरी रहेका नेपाली बोल्न जान्नेले तिमीलाइ नेता मान्दैछन । चाहे दार्चुलका नेपाली हुन या देलावरका चाहे भुटानका नेपाली हुन या बिस्बेनका चाहे दार्जिलिगका हुन या टोक्योका सबैको मनमा तिमी छाएका छौ सबैको मनमा बहार ल्याएका छौ ।
पृथ्वि नारायण शाहले एउटा नेपालको एकिकरण गरेका थिए सयौ वर्ष पहिले । तर आज आएर तिमीले अर्को नेपालको एकिकरण गरेका छौ । तिम्रो नेपालका नेपालीहरु हाड छाला घोट्छन बा आमा साथी भाइ नभनि दशनँग्रा खियाउँछन तर पनि दुइछाक खाएकै छन नेपाली हुनुमा गर्व गरेकै छन। तिमीलाइ मेरो सलाम छ ।
I wrote this article few weeks ago.
0 comments:
Post a Comment